24th February 2026, Tuesday

कलाकार सुनिल थापाको निधन

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ ।

राते काइँला’को रूपमा परिचित थापाको ६८ वर्षको उमेरमा कार्डियाक अरेस्ट (मुटुको चाल बन्द हुनु)का कारण आज शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनु भएका थापा अचानक अस्वस्थ भएपछि अस्पताल पु¥याइएको थियो । र, उपचारकै क्रममा उहाँको निधन भएको हो ।

तीन दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय थापाले डेढ सयभन्दा बढी फिल्ममा काम गर्नुभएको छ । उहाँको पछिल्लो रिलिज फिल्म ‘एक्लो’ हो, जुन गत पुष १७ गते रिलिज भएको थियो । हिजो शुक्रबार राति अबेरसम्म उहाँले एक्सन फिल्म ‘राम नाम सत्य’को छायांकन गर्नुभएको थियो । यो नै थापाले काम गरेको अन्तिम फिल्म बन्न पुगेको छ । थापाले सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘मेरी कोम’बाट विश्वमै ख्याती कमाउनु भएको थियो । यसमा उहाँले अभिनेत्री प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकको भूमिका निभाउनु भएको थियो ।

यो फिल्मले उहाँलाई बलिउडमा ‘सशक्त चरित्र अभिनेता’को रूपमा चिनाएको थियो । केही साताअघि मात्र थापाले अभिनय गरेको हिन्दी वेब सिरिज ‘द फेमिली म्यान ३’ ओटीटीमा रिलिज भएको छ । नेपाली फिल्ममा खलनायक (भिलेन)को रूपमा परिचित थापाले ‘लोभी पापी’, ‘दर्पण छायाँ’, ‘मुखिया’, ‘सेतो बाघ’, ‘बलिदान’, ‘चिनो’, ‘नेपाली बाबु’, ‘ठूल्दाई’ जस्ता फिल्ममा निभाएको भूमिका यादगार मानिन्छ ।

कलाकार थापाको निधनसँगै नेपाली फिल्मको एउटा युगको अन्त्य भएको छ । उहाँको असामयिक निधनप्रति प्रधानमन्त्री सुशीला कार्की लगायत बिभिभिन्न राजनीतिक दलका नेता, नेपाली सिने क्षेत्रका बिभिन्न व्यक्तिले गहिरो दुःख ब्यक्त गरेका छन्



No ad available.


No ad available.