News by: helpline
काठमाडौं । शिक्षाको गुणस्तरमा सुधार ल्याउन सहयोग पुगोस भन्ने उद्येश्यले सिन्धुलीको मरिणस्थित चण्डेश्वरी माबिमा पुस्तकालय र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमकाबीच मरिणको डाँडीमा रहेको उक्त बिद्यालयलाई बिहिबार पुस्तकालय र कम्प्युटर लगायतका शैक्षिक स्रोत सामग्री हस्तान्तरण गरिएको हो । ललितपुरको खुमलटारस्थित कक्षा १२ का बिद्यार्थी काब्य खतिवडाको सक्रियता र पहलमा सो पुस्तकालयको स्थापना र शैक्षिक स्रोत सामग्री जुटाउने काम भएको हो ।
कार्यक्रममा काब्यले आफूजस्तै उमेरका सो बिद्यालयका बिद्यार्थीले पुस्तकालय र शैक्षिक स्रोत साधनको अभावमा अध्ययन गरिरहेको देखेर यसमा आफूले केही योगदान पुर्याउन सकिन्छकि भन्ने सोचले काम गरेको र त्यसमा सबैले सहयोग गरेका कारण यो काम परियोजनाको रुपमा अघि बढाउन संभव भएको भन्दै यसको स्थायित्वको लागि निरन्तर लागिरहने बताउनुभयो ।
पुस्तकालयका लागि पुस्तक,शैक्षिक सामग्री लगायत जुटाउन त्यति सहज नभएता पनि चुनौतीकाबीच आफ्ना अभिभावक, बिद्यालय परिवार,विद्यार्थी लगायत सबैको प्रोत्साहनले आफूलाई सफलता मिलेको बताउनु भयो ।
कार्यक्रममा सहभागी बिभिन्न ब्यक्तित्वहरुले शिक्षाको गुणस्तर सुधार र सकारात्मक परिवर्तनका लागि सानो सोचबाट नै शुरु हुने भन्दै काब्यको सोच सबैका लागि उदाहरणीय र सन्देशमूलक भएको बताएका थिए । कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, प्रिमियर इन्टरनेशनल आइबी बिद्यालयकी निर्देशक पबित्रा लिम्बु, बसन्त थापा लगायतले काब्यको कामको सराहाना गर्नुभएको थियो ।
यसलाई सरकारी र नीजि क्षेत्रको बिद्यालय बीचको साझा प्रयासको प्रेरणादायी परियोजना मानिएको छ । यस्तो साझा प्रयासले पठन संस्कृतिको विकास, सिकाइ वातावरण सुदृढीकरण र शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
पुस्तकालय र शैक्षिक स्रोत सामग्रीका लागि प्रिमियर इन्टरनेशनल स्कूल,कृषि विकास बैंक लगायतका बिभिन्न संघ संस्थाले सहयोग गरेका छन् । कम्प्यूटर लगायत शैक्षिक सामग्रीका लागि हाल ६ लाख रुपैयाँ खर्च भएको छ ।
यो पहललाई निरन्तरता दिन प्रिमियर इन्टरनेशनल स्कुलले वार्षिक रूपमा दुई पटक शिक्षकहरूलाई तालिम प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी, प्रिमियर इन्टरनेशनल आईबी स्कुलका विद्यार्थीहरूको तर्फबाट वार्षिक रूपमा पुस्तकालयको अनुगमन गर्ने र आवश्यकताअनुसार सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसै क्रममा, चण्डेश्वरीका पूर्व विद्यार्थी संघले पुस्तकालयको मूल्याङ्कन तथा नियमन कार्यमा सहयोग गर्नेछ । यसलाई सिकाइ स्रोत केन्द्रका रूपमा विकास गर्न पूर्व विद्यार्थी संघका अध्यक्ष विनय ढकालले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,