24th February 2026, Tuesday

कांग्रेसद्वारा पार्टी परित्याग गरेर स्वतन्त्र बसेकालाई पार्टीमा फर्कन आह्वान, अनुशासनको कारबाही फुकुवा

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज शनिबारको बैठकले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको हो ।

बैठकले ’पार्टीभित्र बृहत् एकता कायम गर्न र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दीगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी’ कारबाही फुकुवा गर्ने निर्ण गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ, ‘त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

२०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक बसेका नेता–कार्यकर्तामाथि कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो। यो सँगै कांग्रेस कार्यकर्तामाथि छ महिनाअघि गरेको अनुशासनको कारबाही फुकुवा भएको छ ।

देशको विषम राजनीतिक परिस्थति र आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरेर कांगेसले यो निर्णय गरेको हो ।



No ad available.


No ad available.