24th February 2026, Tuesday

कांग्रेसद्वारा जनता माझ प्रतिज्ञा पत्र सार्वजनिक

Post Image
5 दिन अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन लक्षित जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञा सभा मार्फत प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञासभामा बोल्दै कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने दाबी गर्नुभयो । ‘टिम नेपालले यो ५ वर्ष कुशासन, गरिबीलाई हराउँछ । त्यो एक्लै सम्भव हुँदैन,’ थापाले भन्नुभयो, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकास अगाडि बढाउँछ । कांग्रेसको शक्तिले सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’ कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल सहभागी हुने थापाको भनाई छ ।थापाले प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने पनि बताउनु भयो । उहाँले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसले अब परिवर्तन गर्नु पर्ने बताउनु भयो उहाँले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको उल्लेख गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, ‘मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेसका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेसको शिक्षा, स्वास्थ्य र विनाको अवस्था जर्जर छ, यहाँ किसानहरु र उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ।’

थापाले सिङ्गो देशलाई पाल्न सक्ने तागत सहितको मधेश बनाउने प्रतिज्ञा गरेको आफूले गरेको बताउनु भयो । उहाँले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने उल्लेख गर्नुभयो । सभापति थापाले भन्नुभयो, ‘अब मधेस वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।’



No ad available.


No ad available.