22nd October 2026, Thursday

कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : एमाले महासचिव शंकर पोखरेल

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गर्दै त्रिचन्द्र क्याम्पसको सभादेखिनै आफूहरूसँगै उभिएको उल्लेख गर्दै पोखरेलले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताउनुभयो ।

‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भन्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, “जसरी हिजो हामी नेपालका वामपन्थीहरु लोकतन्त्रवादी शक्तिहरु मिलेर राणा शाही शासनलाई परास्त गरेका थियौं, पञ्चायतलाई परास्त गरेका थियौं ।

 राजा ज्ञानेन्द्रको तानाशाही शासनलाई परास्त गरेका थियौं । त्यसैगरी, लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिकरुपमा उठ्नुपर्ने अवस्था आएको छ।” उहाँले नेपालको राजनीति चुनौतीको बाटोबाट अगाडि बढेको भन्नुहुँदै प्राकृतिक विपद्को सामनादेखि भावी दिनका समस्याहरु मिलेर सामना गर्नुपर्ने भनाइ राख्नुभयो । एकातिर जलवायु परिवर्तनका कारणले नेपाल चरम् सङ्कटमा छ, भर्खरै हामीले लाङटाङ हिमालमा गएको हिमपहिरोले, भोटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढाीका पीडाहरुबाट गुज्रेका छौं ।

अहिले पनि ६ हजारभन्दा बढी दिदीबहिनी दाजुभाइहरु, बेपत्ता हुनुहुन्छ” उहाँले भन्नुभयो, “आज जुन हिसाबले वातावरणमा परिवर्तन भइरहेको छ । हाम्रा हिमालहरु तातिरहेका छन् यसले हाम्रो भविष्यलाई असुरक्षित बनाइरहेको अवस्थामा हामीले नेपालको सुरक्षित भविष्यको यात्रा कसरी कोर्छौं ? जलवायु न्यायको प्रश्न नेपालका साझा प्रश्न हो ।” उहाँले राजनीतिक द्वन्द्वका कारण नेपालको भविष्य के हुने हो भन्ने प्रश्न् खडा भएको पनि बताउनुभयो ।



No ad available.


No ad available.