24th February 2026, Tuesday

कांग्रेसमा बिवाद चर्किदो,महामन्त्रीले बोलाएको बिशेष महाधिवेशनमा भाग नलिन कार्यकर्तालाई निर्देशन

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थगा र विश्वप्रकाश शर्माले नेपाली काग्रेसको विशेष महाधिवेशन आव्हन गरेपछि कांग्रेसले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभई पार्टीको केन्द्रीय समितिलाई मात्र हुने प्रष्ट पारेको छ ।

आज बुधबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन–महाधिवेशनको प्रकृया र कार्यक्रमहरु संचालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको उल्लेख गर्नुभएको छ ।

यो विषयलाई वेवास्ता गरी विभिन्न संचार माध्यममार्फत् पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कांग्रेसले कुनैपनि पदाधिकारीहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई सो विशेष महाधिवेशनमा सहभागी नहुन पनि निर्देशन दिइएको छ ।

तर कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले भने विशेष महाधिवेशन बैधानिक रुपमा बाध्यकारी व्यवस्था भएको भन्दै सहभागिताका लागि कार्यकर्ताहरुलाई आव्हान गरिसक्नुभएको छ ।

आजै विशेष महाधिवेशन पक्षधर केही नेताहरुले पत्रकार सम्मेलन गरी महाधिवेशन व्यवस्थापन उपसमितिहरु गठन गरेको घोषणा गर्नुभएको छ।



No ad available.


No ad available.