News by: helpline
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएउनु भएको छ।
सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएउनु भएको हो। ‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उहाँले भन्नुभयो, ‘भाषण होइन, काम गरेर देखाइन्छ । वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ । एक–एक महिनामा कामको मूल्यांकन हुन्छ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइन्छ ।’ सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताउनुभयो ।
‘यस्तो सरकार बनाउन सकिन्छ । समय पनि छ । तर यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता चाहिन्छ,’ थापाले भन्नुभयो । उहाँले भन्नुभयो ‘केवल उखान टुक्का र भत्काउने कुरा गरेर हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ ।’ सभापति थापाले कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताउनुभयो । त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उहाँको आग्रह छ । ‘हामी सपना बोकेर आएका छौँ ।
देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौँ, युवालाई भरोसा दिन चाहन्छौँ र साथीहरूलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौँ,’ थापाले भन्नुभयो, ‘त्यसका लागि जनताको साथ आवश्यक छ ।’ उहाँले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने