News by: helpline
काठमाण्डौ। नेपाली कांग्रेस केन्द्रीय कार्यसंपादन समितिको बैठकले नीति अनुशंधान प्रतिष्ठान लगायत बिभिन्न समिति गठन गरेको छ।
पार्टी कार्यलय सानेपामा बसेको बुधबारको केन्द्रीय कार्यसम्पदान समितिको बैठकले उपशभापति बिश्वप्रकाश शर्माको नेतृत्वोमा नीति अनुशंधान प्रशिक्षण प्रतिष्ठान गठन गरेको हो। त्यसैगरी बैठकलेउपसभापति पुष्पा भुसालको नेतृत्वोमा निर्वाचन व्यूरो गठन गरेको छ। त्यस्तै नेपाली कांग्रेसको बिधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेल संयोजक रहेको समिति, परिचालन समिति महामन्त्री गुरुराज घिमिरे रहेको समिति गठन गरेको छ।
बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गरेको छ। त्यसैगरी नेपाली कांग्रेसको मर्यादाक्रम निर्धारण समिति केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ । त्यस्तै काँग्रेसले सार्वजनिक कार्यक्रम संचालन कार्यविधि—२०८३ प्रदेश र जिल्ला कार्यसमितिको सुझाव सम्मिलित गरेर जेठ १ गतेदेखि लागू हुने गरी पारित गरेको छ।
कार्यसम्पदान समितिको बैठकले पार्टीमा वृहत्तर एकता कायम गर्दै १५ औं महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका सबै साथीहरूसँग संवादका लागि सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,