News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक मंगलबार बस्ने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक डाकिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । गत शुक्रबार र आइतबार बसेको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो । मंगलबारदेखि हुने बैठकमा पार्टीको आगामी महाधिवेशनको बारेमा छलफल हुने छ । पार्टीको विशेष महाधिवेशनसँगै शुरु भएको कांग्रेसको आन्तरिक विवाद प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजित भएसँगै थप चुलिएको छ।
यसै सन्दर्भमा मंगलबारदेखि हुने केन्द्रीय समितिको बैठकमा सभापति गगनकुमार थापा सहभागी हुनुहुने पार्टीले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको दुलालले बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,