News by: helpline
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन थप एक दिन लम्बिने भएको छ ।
नेतृत्व चयनका लागि मंगलवार राति ९ बजेबाट बुधबार बिहान १ बजेसम्मको समय राखिएपनि त्यो समय राति र चिसोका कारण असजिलो भएपछि विशेष महाधिवेशन थप एक दिन लम्बिने भएको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदान नहुने भएको हो ।
केसीका अनुसार मंगलबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
उहाँले अब समय नथपिने बताउँदै परिमार्जित कार्यतालिका सार्वजनिक गरिने जानकारी दिनुभयो । बुधबार बिहानबाट बाँकी कार्यक्रम अघि बढाउने निर्वाचन समिति संयोजक केसीको भनार्य छ । गत आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,