22nd October 2026, Thursday

कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौंं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताउनुभएको छ ।

कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताउनुभयो । उहाँले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसंगसँग जोडेर व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्नुभयो।

लामिछानेले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको ठूलो राजनीतिक पुँजीका रूपमा व्याख्या गर्नुभयो । कांग्रेसले नेपालको लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई आफूले सधैँ सम्मान गर्ने उहाँको भनाइ थियो। ‘नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो,’ लामिछानेले भन्नुभयो , ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ।’ उहाँले कांग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै त्यसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने बताउनुभयो । इतिहासलाई केवल गौरव गर्ने विषयका रूपमा नभई आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।

 लामिछानेले आफू पनि कांग्रेसमा हुन सक्ने सम्भावनाको प्रसंगसमेत सुनाउनुभयो । कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू कांग्रेसमै हुन सक्ने संकेत गर्दै उहाँले पार्टीहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त नहुने भन्दै लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको बताउनु भयो आफूहरूले काम गर्न नसके जनताले निर्वाचनमार्फत निर्णय गर्न सक्ने भन्दै उहाँले जनताको मतको सम्मान गर्नुपर्ने बताउनुभयो । लामिछानेले वर्तमान सरकार कमजोर भएको चर्चा हुने गरेको भन्दै सरकार नढल्ने दाबी गर्नुभयो । सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने भन्दै उहाँले निर्वाचनलाई त्यसको आधारका रूपमा प्रस्तुत गर्नुभयो ।



No ad available.


No ad available.