News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा बिभिन्न प्रतिवेदनहरु पेश भएका छन् ।
काठमाडौंको सुकेधारास्थीत एक पार्टी प्यालेशमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्दसत्रमा विधान संशोधन लगाएतका बिभिन्न प्रस्ताव छलफलका लागि पेश गरिएको हो । बैठकमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
निधिको प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ । त्यस्तै नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणा पत्र पेश गर्दै सामान्यतया एक व्यक्ति एकपटकमा एकपदमा मात्र जिम्मेवारीमा रहनसक्ने गरी आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।
साथै बैठकमा नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल भइ आइतबार आवश्यक निर्णयसहित पारित हुने बतायएको छ ।
कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामा त्रुटि रहेको संस्थापन इतर नेताहरुको दाबी छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,