News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको पक्षमा लागेर सबै उम्मेदवारलाई जिताउन निर्देशन दिनुभएको छ ।
निकटका अधिकांश नेता कार्यकर्तालाई देउवाले निर्वाचनमा रूख चिन्हमा मतदान गर्ने वातावरण बनाएर कांग्रेसका पक्षमा परिणाम ल्याउन स्पष्ट निर्देशन दिनुभएको हो । देउवाले पार्टीभित्र फैलाइएका भ्रम, आशङ्का र टिप्पणीलाई अस्वीकार गर्दै आफू कांग्रेस जिताउने अभियानबाट अविचलित रहेको सन्देश दिएको कांग्रेस पार्टी कार्यालयका निवर्तमान मुख्यसचिव एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बताउनुभयो । पौडेलले निवर्तमान सभापति देउवाले पार्टीका पक्षमा लागेर कांग्रेसका उम्मेदवारलाई जिताउन सबैलाई निर्देशन दिएको बताउनु भएको हो ।
‘शेरबहादुर दाइकोमा हरेक दिन नै एक÷डेढ सय नेता–कार्यकर्ता आउनुहुन्थ्यो’, नेता पौडेलले भन्नुभयो , ‘उनीहरूलाई तपाईंहरू गाउँ जानुस्, कांग्रेसलाई जिताउन लाग्नुस् भनेर निर्देशन दिइरहनुभएको छ । प्रत्यक्ष भेटमा उहाँले दायाँ–बायाँ नलागी कांग्रेसको पक्षमा परिणाम सुनिश्चित गर्न भन्दै आउनुभएको छ ।’ देउवाले कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बननु भएका कमलबहादुर शाहलाई समेत स्पष्ट निर्देशन दिँदै आफ्नो प्रदेशसहित देशभर कांग्रेसलाई जिताउन सक्रिय भूमिका खेल्न भनेकोसमेत नेता पौडेलले जानकारी दिनुभयो । दुई कार्यकाल कांग्रेसको सभापति रहिसकेका देउवाले औपचारिक रूपमा लिखित वा मौखिक अपील जारी गर्ने–नगर्ने विषय टुङ्गो नलागे पनि आन्तरिक रूपमा सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरिसकेको पौडेलले बताउनुभयो ।
उपचारका लागि सिंगापुर जानुअघिसम्म देउवाले हजारौँ नेता–कार्यकर्तालाई कांग्रेसका उम्मेदवार जिताउन केन्द्रित भएर लाग्न निर्देशन दिनु भएको हो । जेन–जी आन्दोलनपछि सार्वजनिक रूपमा राजनीतिक कार्यक्रममा सहभागी नभए पनि देउवा निवासमा दैनिक सय भन्दा बढी कार्यकर्ता भेटघाटमा जाने गरेको देउवा निकटका नेताहरूले दाबी छ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमण भएपछि नियमित स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर जाने आउने गरिरहनु भएको छ । दुई दिनअघि देउवा चिकित्सकको सल्लाह बमोजिम धर्मपत्नी आरजू राणासँगै सिंगापुर जानु भएको छ । फागुन २१ नजिकिँदै गर्दा देउवा सिंगापुर प्रस्थान गरेपछि विशेष महाधिवेशनको तुष बाँकी राखेको हो कि भन्ने अनुमान भइरहँदा देउवाको यस्तो सन्देश आएको हो ।
देउवाले व्यक्तिगत उपचारका कारण बाहिर जानु परेको भए पनि पार्टीको चुनावी अभियानलाई तीव्र बनाउन निरन्तर जोड दिएको नेता पौडेलको दाबी छ । देउवा केही दिनमै फर्कने तालिका बनाएर उपचारका लागि सिंगापुर गएको बताइएको छ । देउवाको रक्तचाप बढेकाले स्वास्थ्य जाँच र उपचार अपरिहार्य बनेको पौडेलले बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,