News by: helpline
काठमाडौंं । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताउनुभयो । कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ ।
सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने चालिसेले बताउनुभयो । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ ।
कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने उल्लेख गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,