News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका पारित गरेको छ ।
बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले संशोधनसहित नयाँ कार्यतालिका पारित गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको औपचारिक प्रक्रिया यही चैत २३ गतेदेखि सुरु हुनेछ । पारित कार्यतालिका अनुसार २०८३ भदौ २ गते वडा अधिवेशन र भदौ ७ गते गाउँ तथा नगर अधिवेशन हुने तय भएको छ ।
यसअघि २४–२६ भदौमा १५ औं महाधिवेशन प्रस्ताव भएको थियो । उहाँले बैठकका अन्य निर्णयहरू बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी समेत दिनुभयो ।
यसैगरी बैठकले सरकार निर्माणको प्रक्रियामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रूपमा बधाई तथा शुभकामना दिने निर्णय समेत गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,