14th April 2026, Tuesday

कांग्रेसका नेता तथा पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार बिहान पक्राउ पर्नुभएका खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जेनजी आन्दोलनका बेला खड्काको घरमा पैसा भेटिएको आरोप लागेको छ । यस विषयमा उहाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा आगजनी हुँदा नगद रकम फ्याँकिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सोही घटनासँग सम्बन्धित विषयमा अहिले प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सिआइबी)ले अनुसन्धान अघि बढाएको जनाएको छ।



No ad available.


No ad available.