24th February 2026, Tuesday

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ ।

 पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औं महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू छन्। यसैबीच, नेपाली कांग्रेसले क्रियाशील सदस्यता नविकरणको समय थप गर्ने भएको छ। मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले क्रियाशील सदस्यता नविकरणको म्याद थप गर्ने सहमति भएको हो ।

कांग्रेसले यी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर कतिपय नेताहरुले महाधिवेशन केही पर धकेलिन सक्ने बताएका छन् ।



No ad available.


No ad available.