News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा नियुक्त गर्नुभएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार श्रेष्ठलाई शुक्रबार सो पदमा नियुक्त गरिएको हो। श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्षका रूपमा कार्यरत हुनुहुनथ्यो ।
पछिल्लो समय ’जेनजी आन्दोलन’ का क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण कार्य पनि श्रेष्ठकै नेतृत्वमा भइरहेको छ। उहाँको अघिल्लो कार्यकालको अनुभव र पार्टीभित्रको व्यवस्थापकीय क्षमतालाई कदर गर्दै सभापति थापाले उनलाई पुनः सोही जिम्मेवारीमा निरन्तरता दिनुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,