22nd October 2026, Thursday

कांग्रेसको ६६ जिल्लामा पालिका अधिवेशन सम्पन्न,मौसमको अनुकुलता हेरेर १३ गतेसम्म तल्ला तहका अधिवेशन सक्न निर्देशन

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसको आगामी असोज १६ देखि १९ गतेसम्म निर्धारित १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन प्रक्रियाअनुसार हालसम्म देशभरका ६६ वटा जिल्लाका ६३० वटा पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ।

पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार यसबीचमा देशका विभिन्न भू–भागमा लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै अधिवेशनको प्रक्रिया सञ्चालन गर्न केही स्थानमा कठिनाइ उत्पन्न भएको निर्वाचन अधिकृतहरूबाट रिपोर्ट प्राप्त भएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिन र खराब मौसमको अवस्थालाई गम्भीरतापूर्वक दृष्टिगत गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले महत््वपूर्ण निर्णय लिएको छ।

समितिले आगामी असोज १० गतेका लागि पूर्वघोषित गरिएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सबै निर्वाचन कार्यक्रमहरू स्थानीय अनुकूलता र सहजताका अनुसार आगामी असोज १३ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्न सम्बन्धित सबैलाई निर्देश गरेको छ।



No ad available.


No ad available.