News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्मका लागि लम्बिएको छ ।
सोमबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेकोले अझै समय लाग्ने भएकाले मंगलबार पनि हल बुक गरिएको र नेतृत्व चयनका लागि भोलि नै निर्वाचन प्रक्रियामा प्रवेश गर्ने गरी छलफल अघि बढेको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन मंगलबारसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि पनि मंगलबारनै नै निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाइरहेको भएपनि संस्थापन पक्षसँगको संवाद र वार्ता जारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा आफू निकट केन्द्रीय सदस्य र नेताहरुलाई बोलाएर पार्टी विभाजनलाई रोक्ने उपायको खोजीमा छलफल गरिरहनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,