22nd October 2026, Thursday

कांग्रेस वडा अधिवेशन आज तेस्रोे दिन पनि जारी

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाण्डौ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत आज तेस्रोे दिन असोज ५ गते पनि वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रुपमा भइरहेको काँग्रेसले जनाएको छ ।

 हालसम्म ६३ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भइसकेको पनि कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। यस क्रममा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलाली सहित ६३ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं. ६, अछाम (३ वडा वाँकी), नवलपरासी क्षेत्र नं. २, डडेल्धुरा (४ वडा वाँकी), रुपन्देही (३ वडा वाँकी), महोत्तरी (८ वडा वाँकी), सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ का वडाहरुको अधिवेशन अन्तिम चरणमा रहेका छन भने धादिङ, नुवाकोट तथा आज सम्पन्न हुन वाँकी रहेका वडाहरुको अधिवेशन असोज ६ गते मंगलबार जारी रहने पनि बिज्ञाप्ति मार्फत सरोकारवाला सबैमा जानकारी गराएको छ।



No ad available.


No ad available.