News by: helpline
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।
महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने दावी गर्नुभयो । महामन्त्री थापाले विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको वताउदै सत्यको पक्षमा उभिनु आव्हान गर्नु भएको हो । विशेष अधिवेशन समापनका विषयमा सम्वाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा कारवाहीको पत्र पठाइनु गलत हो थापाले भन्नुभयो ।
युवाभावना अनुरूप अघि बढिरहेको नेपाली कांग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै थापाले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाउनुभयो ।थापाले कांग्रेस कसैको निजी पार्टी नभएको भन्दै आफूहरूलाई कारवाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारवाही गर्नु पर्नेमा केही नगरेको भन्दै कार्वाहीको निर्णयको अर्थ नभएको वताउनुभयो । विशेष महाधिवेशनले यस अघिनै केन्द्रिय कमिटी भङ्ग गरेको र बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएकाले विशेष महाधिवेशन आधिकारिक हुने पनि थापाले स्पष्ट पार्नुभयो ।
महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहुर्याउनु नपर्ने बताउँदै थापाले कांग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलनमलिन र भ्रममा नपर्न पनि महाधिवेशन प्रतिनिधिहरुसंग आग्रह गर्नुभयो । महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचान आयोग, संविधान र पार्टीको विधानका आधारमा अहिले देखिएको विवादको समाधान निस्कने धारणा वताउनुभयो ।
शर्माले पार्टीको आधिकारिक विशेष महाधिवेशन भएको र निर्वाचन प्रक्रिया अघि बढाइ सकेकाले उम्मेदवार भइसकेको व्यक्तिलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताउनुभयो । सहमहामन्त्री फर्मूला मन्सुरले नेपाली कांग्रेस विशेष अधिवेशनको मूल कार्यदेश नेताको चयन र नीतिको तर्जूमा भएको बताउनुभयो । मन्सुरलेआदेश दिएर पार्टी चलाउने समय सकिएको उल्लेख गर्दै , देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले आवश्यकता भएको वताउनुभयो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न नसक्ने दावी पनि मन्सुरले गर्नुभयो ।
नेपाली कांग्रेसको कार्य समितिको आज सानेपामा बसेको बैठकले भने उहाँहरू तीन जनालाई नै पार्टीको हित र अनुशासन विपरित कार्य गरेको भनी पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,