News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ।
पछिल्लो मतपरिणामअनुसार उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिनुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेल अगाडि हुनुहुन्छ । महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेको थियो । जसमा हालसम्म उपसभापति पदमा ४६ सय मत गणना भैसेको छ ।
उपसभापति खुल्ला तर्फ
डा. चन्द्रकान्त भण्डारी २३४३
ई. मधु आचार्य १४४१
गोविन्द भट्टराई १२१९
सुरेन्द्रराज पाण्डे ११५०
दीपक गिरी ६३८
धनराज गुरुङ १०५३
प्रा.डा. चन्द्र मोहन यादव ३८७
यसैगरी उपसभापतिको समावेशी समूहमा विनोदकुमार चौधरीले अग्रता लिनुभएको छ।
उपसभापति समावेशी १ पद
बिनोद कुमार चौधरी ११४५
जीवन परियार ११०७
फरमुल्लाह मंसुर ६३७
सीता गुरुङ ७४९
रंजीत कर्ण ३५२
महामन्त्रीमा प्रदीप पौडेलको अग्रता लिइरहनुभएको छ ।
महामन्त्री खुला तर्फ.
प्रदिप पौडेल २६५७
अमरसिंह पुन मगर ९२९
उदय शम्शेर राणा १४९१
डा. सुनिलकुमार शर्मा १३८७
गुरुराज घिमिरे ९२०
नैन सिंह महर ६६८
शंकर तिवारी ८८
महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) ले अग्रता लिनुभएको छ । उहाँलाई महालक्ष्मी उपाध्याय ‘डिना’ ले पछयाइरहनु भएको छ ।
महिला महामन्त्री १ पद
डा. डिला संग्रौला (पन्त) २०३७
महालक्ष्मी उपाध्याय (डिना) १८३८
रीता खनाल ४६६
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक