News by: helpline
काठमाडौं । काठमाडौं नेपाली कांगेसको उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी हुनुभएको छ ।
कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ भण्डारी र आचार्य विजयी हुनुभएको हो भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी हुनुभएको हो । यसैगरी महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उपसभापति खुलातर्फको मतगणनामा डा. भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ भने आचार्यले २ हजार ३४२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपसभापति समावेशीतर्फ चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभएको छ । महामन्त्री खुलातर्फको मतगणनामा पौडेलले ४ हजार १९४ मत प्राप्त गरेर पहिलो स्थान हासिल गर्नुभएको छ भने राणा २ हजार ३३० मत प्राप्त गरी महामन्त्री पदमा विजयी हुनुभएको छ ।
यस्तै महिला महामन्त्रीतर्फको एक पदमा सङ्ग्रौला ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । काग्रेसको १५ औं महाधिवेशन यही असोज १८ गतेदेखि २२ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक