22nd October 2026, Thursday

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका थापाले नियमित महाधिवेशनबाट पनि सभापतिमा निरन्तरता खोज्दै उम्मेदवारी दिनुभएको हो । थापा गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएको थियो । विशेष महाधिवेशनमा सभापति पदमा उहाँको मात्रै उम्मेदवारी परेको थियो। निर्वाचन प्रक्रियामा गएपछि थापा निर्विरोध सभापति चयन हुनुभएको थियो । थापाले यसअघि कांग्रेसको महामन्त्रीका रूपमा काम गर्नुभएको थियो ।

१४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनुभएका थापा त्यसअघि केन्द्रीय सदस्य हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित हुनुभएको थियो । विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आउनु भएका थापा लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण, संगठन सुधार र आन्तरिक लोकतन्त्रका विषय आउनु भएका नेता हुनुहुन्छ ।

१५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनुअघि थापाले पार्टीको राजनीतिक तथा संगठनात्मक कार्यदिशासहितको प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको छ । उहाँले पार्टीको नेतृत्व र उम्मेदवार छनोट प्रक्रियामा तल्लो तहका सदस्यको सहभागिता बढाउनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । पार्टी सभापति समेत प्रत्यक्ष मतदानबाट चयन गर्ने व्यवस्था गर्नुपर्ने उहाँको प्रस्ताव छ। 

१५औँ महाधिवेशनमा कांग्रेसले नयाँ नेतृत्व चयन गर्दैछ। यसपटक महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने व्यवस्था गरिएको छ। नेतृत्वका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो  । विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका थापाका लागि १५औँ महाधिवेशनको सभापति निर्वाचन नियमित प्रक्रियाबाट आफ्नो नेतृत्वलाई निरन्तरता दिने अवसरका रूपमा आएको छ। अब कांग्रेस महाधिवेशनबाट सभापतिसहित नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।



No ad available.


No ad available.