24th December 2025, Wednesday

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न ओली महाराजगञ्जस्थित देउवा निवासमा पुग्नु भएको थियो ।

ओलीसँग एमाले महसचिव शंखर पोखरेल पनि देउवा निवास पुग्नुभएको थियो । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा संसद पुनः स्थापनाका लागि लैजान लागेको पूरक निवेदन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।



No ad available.


No ad available.