News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न ओली महाराजगञ्जस्थित देउवा निवासमा पुग्नु भएको थियो ।
ओलीसँग एमाले महसचिव शंखर पोखरेल पनि देउवा निवास पुग्नुभएको थियो । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा संसद पुनः स्थापनाका लागि लैजान लागेको पूरक निवेदन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,