News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएको छ ।
सभापति थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह एवं मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको हो । नयाँ सरकारलाई देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने समेत उहाँले बताउनुभएको छ ।
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतले पनि नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाइ तथा कार्यकालको शुभ कामना दिनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,