News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ ।
विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू नागिना यादव, दीपक खड्का, जाबेदा खातुन र शान्ति विकक रिट लिएर सर्वोच्च अदालत जानु भएको हो ।
यसअघि एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । दुवै दल अलगअलग सर्वोच्च पुगेका हुन् कांग्रेसबाट पेस भएको रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताउनु भयो । अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुनेछ ।
यो सँगै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी दुई वटा राजनीतिक दल अनि सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधिन रहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,