News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको छ।
नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्दै पुस २७ गते देखी काठमाण्डौमा जारी विशेष महाधिबेशन ३० गते १२ बजेर ३५ मिनेटमा निर्बाचन परिणाम घोषणा गर्दै सम्पन्न भएको हो।
विशेष महाधिवेशनले सभापतिमा गगन कुमार थापालाई निर्वाचित गरेको छ भने उपसभापतिहरूमा विश्व प्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुनुभएको छ। त्यसैगरी महामन्त्रीमा प्रदिप पौडेल र गुरु घिमिरे निर्वाचित हुनुभएको छ। त्यस्तै सहमहामन्त्रीहरूमा फर्मुला मनसुर, डाक्टर डिला संग्रौला पन्त, उदयशमशेर राणा, बहादुर सिंह लामा, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा निर्वाचित हुनुभएको छ।
विशेष महाधिवेशनले १३ पदाधिकारीसहित केन्द्रीय सदस्यहरु निर्वाचित गरेको हो। निर्वाचन समितिले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरेको हो।
यो सँगै कांग्रेसको आधिकारिकताको विवाद भने अब निर्वाचन आयोग र अदालतसम्म पुग्ने देखिन्छ ,त्यसो त कांग्रेसको विभाजनले राष्ट्रिय राजनीतिमा समेत प्रभावित गर्नेछ।
चुनावको कार्यतालिका समेत प्रभावित हुने बुझाइ राजनीतिक विश्लेषकहरूको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,