24th February 2026, Tuesday

कांग्रेस नफुट्ने महामन्त्री शर्माको भनाई

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउँदैमा पार्टी नफुट्ने दाबी गर्नुभएको छ ।

 केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नु अगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै महाधिवेशन आह्वान गरेको बताउनुभयो ।

 उहाँले भन्नुभयो , ’नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ ।पार्टी एकढिक्का रहन्छ । सद्‌भाव, सुशासन र समुन्नतिको दायित्व बोकेको पार्टी नेपाली कांग्रेस सिङ्गो समाजलाई गाँसेर जान्छ । विभाजन हुँदैन ।’ 



No ad available.


No ad available.