24th December 2025, Wednesday

कांग्रेस महाधिवेशनबारे शेखर कोइरालाद्वारा आफू निकट पदाधिकारीहरुसँग छलफल

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु– गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज शुक्रबार बिहान छलफल गर्नुभएको हो ।

कांग्रेसमा नियमित कि बिषेश महाधिवेशन गर्ने भन्ने बिषयमा सभापति शेरबहादुर देउवा अर्थात संस्थापन र संस्थापन इतर अर्थात नेता डा. शेखर कोइराला समूहबीच बिवाद रहेको छ ।



No ad available.


No ad available.