News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ ।
सञ्चारमाध्यममा मधेस प्रदेशको मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार भ्रमपूर्ण रहेको बताएको हो ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतपेटिकामा प्रदेशको नाम उल्लेख नगरिएको र त्यसको सट्टा नम्बर राखेर पहिचान गरिएको स्पष्ट पार्नुभएको छ । खड्काका अनुसार निर्वाचनमा प्रयोग गरिएका मतपेटिकालाई प्रदेसको नामका आधारमा नभई क्लस्टर अनुसार नम्बर दिएर वर्गीकरण गरिएको छ । मतपेटिकामा मधेस प्रदेश, कोशी प्रदेश वा अन्य प्रदेशको नाम लेखिएको नभई १, २, ३ लगायतका नम्बर राखिएको उहाँले बताउनुभयो ।
‘मतपेटिका भनेको क्लस्टरअनुसार गन्दै गएको हो । मधेस प्रदेश भन्ने नै होइन, मतपेटिकालाई हामीले १, २, ३ भनेर नामकरण गरेका छौँ,’ खड्काले भननुभयो, ‘मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण हो । हामीले सबै मतपेटिकाको नम्बरिङ गरेका छौँ ।’
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक