News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो । उक्त कार्यतालिकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन २०८३ वैशाख २८(३१ मा काठमाडौंमा हुनेछ ।
यसअघि यही पुष २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन विभिन्न कारणले गर्न नसकेपछि कांग्रेसले नयाँ मिति तोकेको हो । यसैबीच कांग्रेस केन्द्रीय कार्य समितिको म्याद पनि थपिएको छ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ मसान्तसम्म म्याद थपको निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो । केन्द्रीय महाधिवेशन सरेपछि तल्लो तहका अधिवेशनहरु गर्ने मिति पनि नयाँ तय गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,