News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ ।
कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाउनु भएको पत्रकार सम्मेलन अचानक स्थगित गरिएको हो । पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाए पनि अचानक स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन बोलाएको अवस्थामा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न खड्काले पत्रकार सम्मेलन गर्न लाग्नु भएको थियो । कांग्रेसका नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोज्नु भएको हो ।
बिहीबार मात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै बोलाउन सकिने भनेर फिर्ता लिन अपील गरेको थियो । नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको निर्णय कांग्रेसले गरेको थियो ।
तर महामन्त्रीद्वयले काठमाडौंको भृकुटी मण्डपमा यही पुस २७ देखि २९ गतेसम्म बिशेष महाधिवेशन बोलाउनु भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर गत असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । तर संस्थापन पक्ष बिशेष महाधिवेशन बोलाउन तयार नभएपछि नियमित महाधिवेशनका कार्यतालिका ल्याइएको थियो । तर नियमित महाधिवेशनको कार्यतालिका अनुसार संस्थापन पक्ष अघि बढ्न नखोजेपछि महामन्त्रीद्वयले बिशेष महाधिवेशन बोलाउनु भएको हो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको गत मंसिर १५ गते बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पास गरेको थियो । बिशेष महाधिवेशन र नियमित महाधिवेशनमा कार्यकर्ता विभाजित भएपछि कांग्रेसको आन्तरिक बिवाद उत्कर्षमा पुगेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने