News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्यान आह्वान गर्नुभएको छ ।
शनिबार कांग्रेस काठमाडौ क्षेत्र नम्बर ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भदौ २३ गतेको जेन–जी आन्दोलन र २४ गतेको विध्वंशको ज्वालाबाट पाठ लिएर कांग्रेस सच्चिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुसँग आग्रह गर्नुभएको हो । ‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्याउनुपर्नेछ,’ थापाले भन्नुभयो ।
उहाँले हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्ने बताउँदैे अब घर घरमा गएर संवाद गर्नुपर्ने र जेन–जीका कुरा सुन्नुपर्ने उल्लेख गर्नुभयो । सभापति थापाले जेन–जीको पूरा कुरा सुनेर अन्तिममा सडकमा तिमीले गरेको आवाज सुनेर बदलिएको एकमात्र पार्टी कांग्रेस भएको बताउन आग्रह गर्नुभयो । ‘पुसको विशेष महाधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो ।
यो सन्देश लिएर घर घर जानुपर्छ,’ सभापति थापाले भन्नुभयो । सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुराको सामना गर्नुपर्ने भन्दै त्यसकै लागि विशेष महाधिवेशन भएको र नयाँ नेतृत्व आएको बताउनुभयो । “यसमा कसैले हारेको छैन, सबैले जितेका छौं, अब पक्ष विपक्षको च्याप्टर क्लोज भयो, हामी सबै एक ठाउँमा छौँ, सभापति थापाले भन्नुभयो ।
सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गर्नुभयो ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रदिप पौडेल कांग्रेस उम्मेदवार हुनुहन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने