News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितको बैठक आज बिहिबार पनि बस्दैछ ।
हिजो बुधबार नै बैठक सक्ने भनिएको थियो । तर बैठक अझै लम्बिने नेताहरुले बताएका छन् । बुधबार कांग्रेसका शीर्ष नेताहहरुले केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकले महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेका महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने बताउनुभयो । लेखकले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने बताउनुभयो । लेखकले संसद् पुनस्र्थापनालाई भन्दा प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।
बैठकमा बोल्दै डा. शशांक कोइरालाले मुलुकको लोकतान्त्रिक प्रक्रियामा बचाउने एक मात्र विकल्प सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन भएको बताउनुभयो । पार्टीलाई आन्तरिक द्वन्द्वमा नअल्झिई सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गर्न उहाँले आग्रह गर्नुभयो । कोइरालाले विशेष महाधिवेशनको बहसलाई थाँती राखेर निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न कोइरालाले माग गर्नुभयो । बैठकमा बोल्ने अन्य सदस्यहरुले पनि पार्टीको महाधिवेशन निर्वाचन अगाडी नै गर्नुपर्ने माग गरेका थिए । कांग्रेसमा १५ महाधिवेशनबारे एक मत धारणा आउन सकेको छैन । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने