News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको जारी बैठक आइतबार बस्ने गरी स्थगित भएको छ ।
कांग्रेस मुख्यालय ललितपुरको सानेपामा जारी बैठक आइतबार बिहान ११ः३० बजे बस्ने गरी स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबारको बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, कांग्रेस प्रवक्ता डां. प्रकाशशरण महतसहित २० जनाले आफ्ना धारणा राख्नु भएको थियो ।
बैठकमा केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाईँ, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशीला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना र सीता थपलिया (उर्मिला) ले धारणा राख्नु भएको थियो । बैठक गत असोज २८ गतेबाट सुरु भएको थियो। कांग्रेसमा १५ औं महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्नेबारे विवाद भइरहेको छ ।
सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने