14th April 2026, Tuesday

कांग्रेस बैठक आइतबार बस्नेगरी स्थगित

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्नेगरी स्थगित भएको छ ।

आज शुक्रबार बसेको बैठकम उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाको बारेमा १४ पेजको प्रतिवेदनमा सदस्यहरूले धारणा राखेका थिए । आजको बैठकपछि केन्द्रीय सदस्य मधु आचार्यले आइतबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभएको थियो ।

नेता आचार्यले आइतबार बस्ने बैठकमा पनि सोही प्रतिवेदनमा सदस्यहरुले आफ्नो धारणा राख्ने जानकारी गराउनुभयो ।

आजको बैठकमा उपसभापति शर्माले ‘प्रतिनिधि सभा निर्वाचन — ०८२, नेपाली कांग्रेसको प्रारम्भिक समिक्षा’ प्रस्तुत गर्नु भएको थियो ।  महामन्त्री गुरुराज घिमिरेले बैठकको प्रारम्भमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो ।

आजको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु— अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, इन्दिरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादव, प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी) र अमरसिंह पुन (लुम्बिनी) ले आ—आफ्नो धारणा राख्नु भएको थियो ।



No ad available.


No ad available.