24th February 2026, Tuesday

के के गर्‍यो सरकारले ? यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

Post Image
1 महिना अगाडी

News by: helpline

सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक बर्ष पुस १५गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेक सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। 

गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ।



No ad available.


No ad available.