News by: helpline
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सवै भन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बुधबार आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।
केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ । केसीले बिहीबार दिउसो २ बजे प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउने कार्यक्रम रहेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुइतिहाइ सिटमा जित हासिल गरेको छ ।
अब रास्वपाको नेतृत्वमा सरकार बन्नेछ । जसमा बालेन्द्र शाह( बालेन) प्रधानमन्त्री बन्नु हुनेछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,