News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ ।
रास्वपाका नवनिर्वाचित सांसदहरुलाई लक्षित गरेर सुरु भएको अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा लामिछानेले यस्तो बताउनु भएको हो । लामिछानेले नवनिर्वाचित सांसदहरुलाई दलको सिद्धान्त र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण मन्तव्य दिने क्रममा निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभयो । मंगलबारबाट ललितपुरको एक होटलमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न विषय विज्ञहरुले प्रशिक्षण दिनुभएको थियो ।
दुइदिने अभिमुखीकरण कार्यक्रम आज बुधबार सकिएको हो । रास्वपाले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १२५ प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ५७ सिटमा विजयी हासिल गरेको थियो । करिब दुई तिहाई बहुमतको नजिग पुगेको रास्वपाले अब केही दिनमा नै सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार गठन गर्ने तयारी गर्दैछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक