22nd October 2026, Thursday

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले साविक विजेता जनकपुरलाई ४ विकेटले पराजित गरेको हो। जनकपुरले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएर पूरा गर्यो।

लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले ३२ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३४ रन बनाए। डर्सि सर्टले २४ बलमा ३० रनको योग्दान गरे। यस्तै, लुम्बिनीका ब्याटर सन्दीप जोरा पहिलो बलमै मयन यादवको बलिङमा आउट भए। दिलिप नाथले २० ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै जित दिलाए। उनले १३ बलमा १५ रन बनाएर अविजित रहे।

जनकपुरको लागि संगिथ कुरेले तीन, मयन यादवले दुई, सञ्जय कृष्णमूर्तिले एक विकेट लिए। जितसँगै जनकपुरले ७ खेलबाट ८ अंक पुगेको छ। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। जनकपुरको लागि संगीत कुरेले सर्वाधिक ४५ रन बनाए।

उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे। यस्तै, ओपनर आसिफ शेखले १७ बलमा २० रन बनाए। सञ्जय कृष्णमूर्ति १४ तथा मयन यादव २७ रनमा अविजित रहे। यता, लुम्बिनीको लागि कप्तान रोहित कुमार पौडेल र शेर मल्लले समान दुई विकेट हात पारे। जजे स्मृित र रुबेन ट्रम्पेलम्यानले समान विकेट हात पारे।

यसअघि नै सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा पुगिसकेको छ। सुदूर जारी प्रतियोगिताको एक्लो अपराजित टोली हो। काठमान्डू गोर्खाज र विराटनगर किंग्स पनि क्रमश दोस्रो र तेस्रो हुँदै प्लेअफमा पुगिसकेका छन्।



No ad available.


No ad available.