News by: helpline
काठमाडौं । सामाजिक सञ्जाल बन्द र बेथिति बिरुद्ध जेनजीका युवाहरुले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ ।
काठमाडौंका बिभिन्न स्थानमा जेनजीका युवाहरुले प्रदर्शन गरिरहेका छन् । काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा उत्रिएका छन् । उनीहरुले काठमाडौं,ललितपुर र भक्तपुरका बिभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । त्यस्तै बानेश्वर स्थित संसद भवन अगाडी पनि युवाहरु कफ्र्यूको वेवास्ता गर्दै प्रदर्शनमा भेला भएका छन् ।
त्यस्तै भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक