24th December 2025, Wednesday

जेनजीका युवाहरुहरु कर्फ्यू .बेवास्ता गर्दै प्रदर्शनमा उत्रिए

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । सामाजिक सञ्जाल बन्द र बेथिति बिरुद्ध जेनजीका युवाहरुले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ ।

काठमाडौंका बिभिन्न स्थानमा जेनजीका युवाहरुले प्रदर्शन गरिरहेका छन् । काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा उत्रिएका छन् । उनीहरुले काठमाडौं,ललितपुर र भक्तपुरका बिभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । त्यस्तै बानेश्वर स्थित संसद भवन अगाडी पनि युवाहरु कफ्र्यूको वेवास्ता गर्दै प्रदर्शनमा भेला भएका छन् ।

त्यस्तै भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।



No ad available.


No ad available.