News by: helpline
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार छाडेर चुनावमा गएका मन्त्रिहरुबारे टिप्पणी गर्दै चुनावमा जानु कुनै बेइमानी नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो,“त्यसबेला जेनजी समूहको आग्रहमा उहाँहरुलाई मन्त्री बनाइएको हो”।
प्रधानमन्त्री कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको पनि बताउनु भयो । “जति दिन बस्नुभयो इमानदार रुपमा काम गर्नुभयो । राजीनामा दिएपछि चुनावमा लड्न वा आफ्नो रुचिको क्षेत्रमा जान पाउनुहुन्छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अन्तरिम सरकारको मन्त्री छाडेर निर्वाचन लड्न गएकै आधारमा सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी वा कुनै दलको प्रभाव छ भन्ने यथार्थ होइन । हामी कसैको प्रभावमा छैनौँ । म आफैँ पनि कुनै राजनीतिक व्यक्ति नै होइन, त्यसकारण त्यस्तो टिप्पणीहरुको अर्थ छैन ।”
वर्तमान सरकारमा मन्त्री रहनुभएका कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचनको प्रतिस्पर्धामा उत्रनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने