News by: helpline
काठमाडौं । जेनजीका प्रदर्शनकारीहरूले मंगलबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको बुढानीलकण्ठ स्थित निवासमा आगजनी गरेका छन्।
सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर प्रदर्शन गरिरहेका छन्। यस्तै बुढानिलकण्ठस्थित ऊर्जा मन्त्री दीपक खड्काको घरमा पनि तोडफोड भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, निवर्तमान गृहमन्त्री रमेश लेखक, र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको निवासमा पनि तोडफोड भएको छ।
सोमबार भएको जेनजीको प्रदर्शन हिंसात्मक बन्दा १९ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्द र बेथिति बिरुद्ध जेनजीका युवाहरुले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ ।
देशका बिभिन्न जिल्ला र सहरमा प्रदर्शन भइरहेको छ भने कतिपय सरकारी कार्यालय र प्रहरी बिटमा आगजनी भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने