25th February 2026, Wednesday

जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच हिजो बुधबार भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएको टिप्पणी भर्नुभएको छ ।

आज बिहिबार काठमाडौंमा सम्पादकहरूसँगको संवादका क्रममा ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ’हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाबारे सम्झौता गर्ने म्यान्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्‍यो। त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातियो। त्यसकारण त्यो कलाविहीन, भद्दा नाटक हो।’ 

अध्यक्ष ओलीका अनुसार अहिलेको सरकारले प्रणाली तथा व्यवस्थासम्बन्धी कुनै प्रकारको सम्झौता गर्नै नपाउने स्थिति छ। ओलीले सदन पुनःस्थापनाको कुनै विकल्प नभएको दोहोर्याउँदै वर्तमान सरकारले चुनाव गराउन नसक्ने पनि दाबी गर्नुभयो ।



No ad available.


No ad available.