24th December 2025, Wednesday

जेनजी आन्दोलनमा आपराधिक गतिविधि गर्नेलाई तत्काल कारबाही गर्न एमालेको माग

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज शनिबार देशका बिभिन्न जिल्लामा र्‍यालीसहित जनसभा आयोजना गरेको छ ।

विघटित प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने लगायतका माग सहित एमालेले सातै प्रदेशका बिभिन्न जिल्लामा जनसभा गरेको हो । जनसभामा एमालेका केन्द्रीय नेताहरुले समेत संबोधन गरेका थिए । संधोनका क्रममा नेताहरुले जेन–जी आन्दोलनमा आपराधिक गतिविधि गर्नेलाई तत्काल कारबाही गर्न पनि माग गरेका छन् ।

नेताहरुले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनिक सम्पत्तिलाई धराशायी बनाउनेहरूलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।



No ad available.


No ad available.