News by: helpline
काठमाडौं । तत्कालीन गृहमन्त्री एवं काग्रेस नेता रमेश लेखेकले गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आफुले कुनै बल प्रयोगको निर्देशन नदिएको बताउनु भएको छ ।
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँजबुझ आयोग समक्ष सोमबार बयान दिने क्रममा लेखकले भदौ २३ र २४ गतेको घटनाबारे प्रचलित कानुनले गृहमन्त्रीलाई वल प्रयोगको निर्देशदिने ब्यवस्था नगरेको र त्यस्तो निर्देशन आफुले नदिएको बताउनु भएको हो ।
”प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ ।गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन । सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यस बारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।” लेखकले आयोग समक्ष दिएको लिखित बयानमा भन्नु भएको छ ।
पूर्व गृहमन्त्री लेखकले भाद्र २३ मा जेनजी पुस्ताले राखेका माग ठिक थएको भएपनि त्यो पुस्ताको असल मनोभावनामा घुसपैठ भएर जसरी जे जस्ता दुःखद् घटना भए र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनाहरु माथि जसरी आक्रमण भए, त्यो तत्कालीन आवेगको उपज थियो भन्नु ती पवित्र मनोभाव भएका युवाहरु प्रति नै अन्याय हुने धारणा राख्न् भयो ।
उहाँले भदौ २४ गतेका घटनालाई युवाको माग भन्दा पृथक ढंगले हेर्नु पर्दछ र आपराधिक कार्यमा संलग्न जो सुकैलाई कारवाही गर्नु पर्नेमा जोड दिनुभयो। आयोगले प्रदर्शनमा कस्ले कसरी घुसपैठ गर्यो भन्ने बिषयलाइ पनि अत्यन्त सुक्ष्म ढंगलेअनुसन्धान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने