News by: helpline
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगले म्याद थपका लागि सरकारसँग आग्रह गरेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज बुधबार आग्रह गर्नु भएको हो । प्रधानमन्त्रीसँग आज सिंहदरवारमा भएको छलफलाम अध्यक्ष कार्कीले आफूले आयोगको म्याद थप्न आग्रह गरेको र त्यसको जवाफमा प्रधानमन्त्रीले समय थप गर्ने जानकारी गराउनु भएको अध्यक्ष कार्कीले संचारकर्मीहरुसँग बताउनुभयो
आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की सहित पदाधिकारीले ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो ।
यसैगरी आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ ।
प्रधानमन्त्री कार्कीलाइ यस विषयमा जानकारी गराएपछि आयोगका अध्यक्ष कार्कीले सञ्चारकर्मीसंग कुरा गर्दै आउदो हप्ता तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाइ वयानका लागि वोलाउने तयारी आयोगले गरेको वताउनुभयो।
भदौ २३ र २४ गतेको घटना हुँदा प्रधानमन्त्रीमा ओली र गृहमन्त्री लेखक हुनुहुन्थ्यो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,