News by: helpline
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगले म्याद थपका लागि सरकारसँग आग्रह गरेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज बुधबार आग्रह गर्नु भएको हो । प्रधानमन्त्रीसँग आज सिंहदरवारमा भएको छलफलाम अध्यक्ष कार्कीले आफूले आयोगको म्याद थप्न आग्रह गरेको र त्यसको जवाफमा प्रधानमन्त्रीले समय थप गर्ने जानकारी गराउनु भएको अध्यक्ष कार्कीले संचारकर्मीहरुसँग बताउनुभयो
आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की सहित पदाधिकारीले ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो ।
यसैगरी आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ ।
प्रधानमन्त्री कार्कीलाइ यस विषयमा जानकारी गराएपछि आयोगका अध्यक्ष कार्कीले सञ्चारकर्मीसंग कुरा गर्दै आउदो हप्ता तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाइ वयानका लागि वोलाउने तयारी आयोगले गरेको वताउनुभयो।
भदौ २३ र २४ गतेको घटना हुँदा प्रधानमन्त्रीमा ओली र गृहमन्त्री लेखक हुनुहुन्थ्यो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने