23rd August 2026, Sunday

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र बिरोध

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेकोप्रति नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाले बिरोध गरेका छन् ।

 प्रहरीले श्रेष्ठलाई नागरिकको वैयक्तिक गोपनीयता उल्लंघन गरेको कसुरको अनुसन्धानका सिलसिलामा बुधबार राति पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एवं एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी–३ का सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालमा रहेको र त्यसको वेवास्ता गरेर प्रेस स्वतन्त्रता बिपरित श्रेष्ठलाई फक्राउ गरिनु गलत भएको ठहर महासंघ लगायतका संघ स.स्थाले गरेका छन् ।

नेपाल बार एसोसिएसनले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।बारको मानव अधिकार तथा जनसरोकार समितिले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न सरकारसँग माग गरेको छ । समितिका सह–संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरे र सदस्य सचिव अधिवक्ता किरण न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयमा कुनै गुनासो भए प्रचलित कानूनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने विश्वव्यापी मान्यतालाई लत्याएर प्रहरीले धरपकड गरेकोमा चिन्ता व्यक्त गरिएको छ ।

 विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गरिनु, सञ्चार गृह बन्द गराउनु र परिवारका सदस्यहरूलाई मानसिक यातना दिने कार्य आधुनिक समयमा पटक्कै सुहाउँदैन ।’



No ad available.


No ad available.